२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

अक्सिजन सिलिण्डर संकलन गरेर अस्पतालमा बुझाउँदै प्रहरी

दार्चुला । कोरोनाको बढ्दो संक्रमणसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले सिलिण्डर संकलन गर्न थालेको छ । जिल्लाका अस्पतालहरुमा अक्सिजनको कमी हुने अवस्था आउन थालेपछि प्रहरीले विभिन्न क्षेत्रबाट अक्सिजन सिलिण्डर संकलन सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले ३ थान अक्सिजन सिलिण्डर संकलन गरि शुक्रवार जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । अस्पताललाई २ थान भरिएको तथा एक थान खाली सिलिण्डर बुझाइएको छ ।

जिल्लास्थित विभिन्न उद्योग, सप्लायर्स, ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य संघसंस्थासँग रहेका खाली तथा भरिएका अक्सिजन सिलिण्डर पछि फिर्ता गर्ने गरी संकलन गर्दै अस्पताललाई बुझाइएको उनले बताए ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत खाली तथा भरिएको सिलिण्डर सङ्कलन गर्ने अभियान प्रहरीले जारी राखेकाले सो अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न उनले आग्रह गरे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।