२०८३ श्रावण १४ बिहीबार
२०८३ श्रावण १४ बिहीबार

कञ्चनपुरमा निषेधाज्ञा उल्लंघन गर्ने सात हजार बढीलाई प्रहरीले कारबाही

कञ्चनपुर। कञ्चनपुरमा निषेधाज्ञा उल्लंघन गर्ने सात हजार बढीलाई प्रहरीले कारबाही गरेको छ । कोरोनाको संक्रमण उच्च रूपमा बढ्दै जान थालेपछि कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिए पनि त्यसलाई उल्लंघन गर्ने कार्य भने रोकिएको छैन।

सुरक्षा निकायले निषेधाज्ञा पालना गराउनका लागि दैनिक सडक, बजार क्षेत्रमा जोखिमको बेवास्ता गर्दै खटिएका छन्। निषेधाज्ञाको पालना नगर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यक्ति तथा सवारीसाधानमाथि प्रहरीले कारबाहीसमेत गर्दै आएको छ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार दुई साताको अबधिमै निषेधाज्ञा तोडने सात हजार ९५६ सवारी साधन र व्यक्तिलाई कार्वाही गरिएको छ।

वैशाख १६ गते देखि जारी गरिएको निषेधाज्ञाको अबधिमा चार हजार ४३० व्यक्ति पाँच हजार ९९७ साना सवारी साधन र एक हजार ६० ठुला सवारी साधन गरी सात हजार ९५६ लाई कारबाही गरिएको छ।  यस्तै कोरोना महामारीका बेला जारी निषेधाज्ञा तोड्ने प्रेमी जोडी, मदिरा ओसार्नेदेखि तोकिएको मापद भन्दा बढी विवाहमा जन्ती लैजाने माथिसमेत कारबाही गरिएको प्रहरी नायव उपरीक्षक  थापाले बताए । 

दुई साताको अवधिमा मात्रै सात हजार ५७५ मानिसलाई सम्झाई बुझाई गरेर प्रहरीले छाडेको जनाएको छ। सोही क्रममा सात हजार ७४८ जनालाई मास्क वितरण गरेको छ। सोही क्रममा दुई सय ८१ जनालाई नगद जरिवाना गरेर छाडिएको छ। जरिवाना बाफत रु १४ हजार २०० राजस्व समेत अशुल गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
Yatayat