२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

७३ जिल्लामा निषेधाज्ञा

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ ।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोक, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा भने निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको महत्वपूर्ण विकल्प निषेधाज्ञा नै भएकाले मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको बताए ।

कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले उपचार हुँदाहुँदै पनि अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढेको भनाइ उनको छ । उहाँले सङ्क्रमणको जोखिमबाट जोगिन निषेधाज्ञाको पालना नै महत्वपूर्ण विकल्प भएको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।