२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

कञ्चनपुरमा पनि आज भीमदत्त पन्तको तस्बीरमा फुलटिका लगाई माल्यापर्ण

कैलाली – राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल कञ्चनपुरको आयोजनामा शनिबार ३६ वटा गाउ भूमिअधिकार मञ्चले किसान नेता भीमदत्त पन्त,तुलसीलाल अमात्य र बलदेव रामको तस्बीरमा फुलटिका लगाई माल्यापर्ण गरि श्रद्धाञ्जली दिदै उहाको सम्झनामा विभिन्न प्रजातिका फलफुल, घाँस लगायतका बोटविरुवा बृक्षरोपण गरी उनिहरुको जिवनी पढेर,सुनेर स्मृति दिवश मनाईएकोछ ।

भने नेता पन्तलाई आदर्श मान्दै आएका राजनीतिक पार्टीले सडकमा हुँदा उहाँलाई सम्झने र सत्तामा गएपछि बिर्सने परिपाटीले गर्दा भूमिहीन लगायत उपेक्षित समुदायले अझै न्याय पाउन नसकेको भूमि अधिकारकर्मी रामबहादुर चुनाराले बताउनुभयो ।

यहाँका गरिबको हक अधिकार र व्यवस्थापन पूरा गर्ने सपना थियो, उहाँले भन्नुभयो, उहाँको बाटोमा हामी हिँडिरहने छौँ । भूमि अधिकार मञ्चले शनिबार ६० जिल्लामा विविध कार्यक्रम गरी सम्झिँदै मनाईएकोछ ।

भूमि अधिकार मञ्च कञ्चनपुरको संयोजकसमेत रहनुभएका चुनाराले कोरोना सङ्क्रमण कारण स्मृति दिवसमा औपचारिक कार्यक्रम गर्न नसकिएको बताउनुभयो ।
जीवनका धेरै कुराहरु अनिश्चित छन् तर मृत्यु निश्चित छ । मृत्युको कारण जीवनको महत्व भएको हो । यसअर्थमा मृत्यु स्वभाविक हो, यसलाई टार्न सकिदैन ।

मान्छेले जीवनमा गरेका कर्मका कारण मृत्युपछि पनि सम्झिरहने कारण बन्छ । त्यसैले मान्छे कति लामो आयु बाँच्यो भन्नु भन्दा उसले बाँचुन्जेल कस्तो कर्म गर्यो भन्ने कुराले बिशेष महत्व राख्दछ ।

आफ्नो जीवनभर किसानहरुको अधिकारका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको मृत्युको मिति मिलेको छ ।

किसान हक हितका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामलाई साउन १७ गते बार्षिक तिथिमा उनीहरुलाई प्रत्येक बर्ष सम्झनु महत्वपूर्ण हुन्छ ।
सुदुरपरिश्चममा सामन्त बिरुद्ध ‘कित जोत हलो, कित छोड थलो, हैन भने अब छैन भलो’ क्रान्तिकारी नारासहितको किसान आन्दोलनको नेतृत्व भीमदत्त पन्तले गरेका थिए । जाली तमसुक च्यात्ने, जमिन्दारको भकारी फोर्ने,‘रे नै जी कहो’ आन्दोलनमा तुलसीलाल अमात्यले महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०६१ सालमा राष्ट्रिय भूमि अधिकार मञ्चको पहिलो सम्मेलनबाट बलदेव राम संस्थापक अध्यक्ष भएर भूमि तथा कृषि अधिकार आन्दोलनलाई देशभर फैलाउने, सिराहा र सप्तरीमा दलितमध्येको चमार समुदायले बाध्य भएर सिनो बहिष्कार आन्दोलन गरेका थिए ।

उनीहरुले भूमि तथा कृषि, गरिब किसानका अधिकार प्राप्तीका लागी आन्दोलनमा खेलेका महत्वपूर्ण योगदानलाई उजागर गर्न,े सम्झिन र सम्मान गर्न, उहाप्रतिको आस्था कायम राख्न र उनले किसानको पक्षमा गरेको कामलाई बहसमा ल्याउन, समाजमा हाल बिद्यमान समस्या हल गर्न, गराउन, प्रकृतीको संरक्षण र त्यसको उपयोग गरी सबैलाई गरिखान सक्न बनाउन संविधान अन्र्तगत रहेका व्यवस्था तथा नेपाल सरकारका निती,ऐन, कानुन कार्यान्वयन गर्न गराउन प्रत्येक बर्षको साउन १७ गते नियमित रुपमा २०६४ साल देखी राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, कञ्चनपुरको आयोजनामा स्मिृतीदिवस मनाउने गरेकोछ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।