एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेको छ ।



ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि तत्कालका लागि एमाले विवाद टुंगिएको हो । योसँगै सत्तासमीकरणको नयाँ कोर्ष पनि शुरु हुने भएको छ ।
वार्तापछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको बताए । ‘मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो । फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेका छौँ’, नेपालले भने, ‘यसका लागि कार्यदल बन्छ ।
Views: 174

























