२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

कृष्णपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका – ६ मौरिफाँटामा से.१.त ४४४१ नम्बरको ट्रयाक्टरले से.३.प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार सोही ठाउँका २८ वर्षिय प्रकाश रोकाया र ३० वर्षिय सुरेश जप्रेलको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनिहरुलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा पठाईएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाका हवल्दार नविन प्रासद जोशीले बताए । उनले ट्रयाक्टर चालकको फरार रहेको र खोजी कार्य जारी रहेको जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।