२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

हाँस्नु कि रुनु ? कोरोना भगाउन गोबर दलेर कोसिस हुदैं !

भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् ।

यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ र कुनै पनि हालतमा संक्रमण हुँदैन ।

समाचार संस्था रोयटरले कभर गरेको यो भिडियो यतिबेला विश्वभर भाइरल भइरहेको छ । श्री स्वामीनारायण गुरुकुल बिद्यालयमा स्थानीयहरु हप्ताको एक दिन भेला हुन्छन, गौमुत्र र गोबर मिसाएर घोल बनाउँछन र लाइन बसेर जीउभरी गोबरको घोल दल्छन् । गोबर दलेपछि यो समूहले गाइलाई पुजा गर्छन र योगा पनि गर्छन् ।

‘डाक्टरहरु पनि यहाँ आउँछन, उनीहरुको बिश्वास छ कि यो उपचार विधिले उनीहरुको रोग प्रतिरोधी क्षमता बढ्छ ।’ गौतम मनिलाल बोरिसा नामका एक सहभागीले दावी गरे । एउटा औषधि कम्पनीमा काम गरिरहेको गौतमको दावी छ कि यही बिधिको उपचारले गर्दा उनी गत बर्ष कोरोना लाग्नबाट बचे ।

डाक्टर तथा बिज्ञहरुले पटकपटक यस्ता वैकल्पिक उपचार बिधिले झन खतरा निम्त्याउने भन्दै चेतावनी दिइरहेका छन् । आफ्नो शरिरमा रोग प्रतिरोधी क्षमता रहेको भ्रममा पर्दा बेलैमा कोरोनाको उपचार हुनबाट बञ्चित हुने भन्दै चिकित्सकहरुले यस्ता कार्यप्रति चिन्ता जनाइरहेका छन् ।

गौमुत्र र गोबरबाट कोरोना प्रतिरोधी क्षमता बढ्ने भन्दै भारतीय गाउँहरुमा यसको प्रयोग भइरहेका घटनाहरु बाहिर आएका छन् । उत्तर प्रदेशका भारतीय जनता पार्टीका एक सांसदले गौमुत्र पिएर आफुलाई अहिलेसम्म कोरोना नलागेको दाबी गरेका थिए ।
अनलाईन खबरबाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।