डडेल्धुरा – देश कोरोना कहरले थला परेकाको समयमा डडेल्धुरा जिल्ला पनि यसबाट अछुतो रहन सकेको छैन् । अहिले विभिन्न संस्थाहरु,क्लबहरुले एकल वा स्थानीय सरकारसंग समन्वय गरेर काम गरिरहेका छन्।
यस्तै डडेल्धुराको अजयमेरु गाउँपालिकामा रहेको जगन्नाथ युवा क्लबले स्थानिय सरकारसंग मिलेर कोरोना महामारीमा सहयोग गरिरहेको छ ।
कोभिड १९ पोजेटिभ देखिएका तथा कोभिड १९ संग सम्बन्धि लक्षण भएका अजयमेरु गाउँपालिकामा कसैमा केही समस्या देखिएमा खबर गर्नुहुनु अजयमेरु गाउँपालिकाका युवा नेता तथा जगन्नाथ युवा क्लबका अध्यक्ष तारा दत्त भट्टले आग्रह गरेका छन् , यस्तो विषम परिस्थितिमा सबैले आफु सक्दो सहयोग गर्नु समेत अनुरोध गरेका छन् ।
आउनुस सबै मिलि हाम्रो पालिका स्वस्थ बनाऔ ।
कोरोना संक्रमण सबै मिलि प्रस्त गरौं ।।
समस्यको समाधान हामी आफैबाट सुरु गरौं ।।।



Views: 304

























