२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

परशुराम नगर प्रमुखकाे जनतालाई व्यक्तिगत सहयाेग

दिपकराज भट्ट (डडेल्धुरा) – विश्व नयाँ भेरियण्टकाे काेराेना भाईरस (काेभिड १९) बाट अाक्रान्त भएकाे बिषम परिस्थितिमा अाज डडेल्धुराकाे परशुराम नगरपालिकामा काेभिड १९ काे राेकथाम तथा नियन्त्रणका लागि परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले ब्यक्तिगत रुपमा यस पशुराम नगरपालिकालाई हाल देशभरि अापुर्तिमा अति नै अभाव रहेकाे काेभिड १९ काे विरामिका लागि महत्वपुर्ण अक्सिजन ७ सिलेण्डर र मास्क १२००० थान हस्तान्तरण गर्नु भएकाे छ ।

उक्त सामग्रिहरु नगर प्रमुख ज्युबाट अाजै जाेगबुडा अस्पताल जाेगबुडा, ईलाका प्रहरि कार्यालय जाेगबुडा, शशस्त्र प्रहरि बलका नगरपालिकामा रहेका सम्पुर्ण सिमा सुरक्षा बेसक्याम्पहरु, ईलाका प्रशासन कार्यालय, जाेगबुडा स्थित नेपाली सेना ब्यारेक, स्थानिय प्राइभेट स्वास्थ्य संस्थाहरु, स्थानिय दुईवटै एफ एमहरु र केहि मजदुरहरुलाई वितरण गरेका हुन्। बाकि मास्कहरु नगरपालिकामा रहेका सम्पुर्ण स्वास्थ्य चाैकि, अाधारभुत स्वास्थ्य केन्द्रहरु, शहरि स्वास्थ्य केन्द्रहरु र सरकारी कार्यालयहरुमा वितरण गरिने नगरपालिकाले जानकारी गराएकाे छ ।
नगर प्रमुखले गत वर्ष यस नगरपालिकामा काेभिड १९ राेकथाम तथा नियन्त्रणका लागि ब्यक्तिगत लगानिमा हजाराैं थान मास्क वितरण गर्नुभएकाे र यस वर्ष समेत अक्सिजन सिलिण्डरकाे थप ब्यवस्थापनका लागि पहल गरिरहेकाे जानकारि गराउनु भयाे ।
यस अत्यन्त प्रतिकुल परिस्थितिमा नगरवासिकाे स्वास्थ्यका लागि अहाेरात्र खटिई ब्यक्तिगत रुपमै सरकार नै अापुर्ति गर्न नसकिरहेकाे अक्सिजन सिलेण्डरकाे ब्यवस्थापन र मास्ककाे उपलब्धताका लागि परशुराम नगरपालिका नगर प्रमुख प्रति हार्दिक अाभार ब्यक्त गर्न चाहन्छाै नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत ताराना थ पनेरु भनेका छन्।
यस्तै अाज नगरपालिकालाई ह्युम्यानिटि फाउन्डेसन धनगढि कैलालिबाट १० थान पाेर्टबल अक्सिजन हस्तान्तरण भएकाे छ । उक्त सामग्रि समेत नगर प्रमुख ज्युबाट अाजै जाेगबुडा अस्पताललाई हस्तान्तरण गरिएकाेछ । सहयाेगका लागि ह्युम्यानिटि फाउन्डेसनलाई धन्यवाद र निरन्तर सहयाेग र सहकार्यकाे अपेक्षा समेत गरिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।