२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्बियो

कञ्चनपुर ।  कञ्चनपुरमा  जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कञ्चनपुरले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्त सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र  दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी  राम कुमार महतोले बताए ।  

कञ्चनपुरमा अब तरकारी बजार बन्द गरि आईतवार र बुधबार घुम्ती सेवा बाट तरकारीको सेवा उपलब्ध गराउने जनाएको छ ।  यस्तै  जिल्लामा खाद्य बस्तुपनि आइतबार र सोमबार बिहान ६ बजेदेखि ९ बजे सम्ममात्र मा अब हप्ताको ३ दिन मात्रै   पसल खोल्न पाइने जनाएको छ ।  

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।