२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

नेपालमा २४ घण्टामा ९ हजार ३०५ जना कोरोना संक्रमित थपिए

गएकाे २४ घण्टामा नेपालमा नाै हजार तीन सय पाँच जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार तीन सय ६२ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ३८ र चार सय २४ जनाकाे एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा तीन हजार नाै सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा तीन हजार दुई सय ५०, भक्तपुरमा दुई सय २६ र ललितपुरमा चार सय ४८ जनामा सङ्क्रमण देखिएको छ । यस्तै काेराेना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाकाे ज्यान गएकाे विवरण प्राप्त भएकाे छ । 

गएको २४ घण्टामा चार हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।