अछाम । युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काको पहलमा अछाममा रहेका बाढी पीडितहरूका लागि खाद्यान्न सामाग्री वितरण गरिएको छ । बाढी बाट पिडित भएका जिल्लाको कमल बजार नगरपालिका वडा नम्बर ६ का १५ भन्दा बढी घरधुरीलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।
नेपाल घर भई हाल विदेशमा बसोबास गर्दै आएका नेपाली मनहरूले बाढी पीडितहरूका लागि आर्थिक सहयोग गरेको र तेहि रकमबाट आज उनिहरुलाई प्रत्येक परिवारलाई एक कट्टा चामल ,दाल,नुन,साबुन,तेल लगायतका सामाग्री हस्तान्तरण गरेको युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काले बताए ।
जिल्लामा रहेका विपन्न परिवारका लागि केही सहज गर्ने उद्देश्यले आफूहरूले सो कार्य गरेको उनको भनाई छ । यस्तै त्यहाँ रहेको एक विद्यालयलाई समेत स्वास्थ्य सामाग्री र कापी , डटपेन प्रदान गरेको जनाएको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष राम बहादुर शाहिले विपतको समयमा गरेको यो कार्यप्रति धन्यावाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै युवाहरुले यस्तै कार्य गर्न सुझाब समेत दिएका छन ।
अभियानका संयोजक तथा युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काकाले समस्यामा परेका नागरिकहरुलाई आफुहरुले सक्दो सहयोग गर्ने र आगामी दिनहरुमा पनि यस्ता अभियानलाई निरन्तरता दिने बताउदै सो अभियानमा सहयोग गर्ने सबैलाई उनले धन्याबाद दिदै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा समेत गरेका छन ।