नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन राजीनामा आवश्यक भएको उनको भनाई छ।



उनले ट्वीट गर्दै ओलीलाई हटाउन राजिनामा आवश्यक भएको र त्यो राजनीतिक निर्णय हुने तर्क गरेका छन्।’असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।
त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ,’ रावलले भनेका छन्।

Views: 163

























