२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

डोटी जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

डोटी,२९ वैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन् । संक्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेसनमा राखिएका छन् । उनीहरूको अवस्था जटिल नभएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जोरायलमा २, केआईसिंहमा ३, आदर्शमा ४, बडिकेदारमा १ तथा पूर्वीचौकी गाउँपालिकामा २ गरी १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि डोटीका नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै संक्रमण भएपछि अन्य बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका फोकल पर्सन राजेन्द्र फुलाराले बताए ।

जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कर्मचारीमा संक्रमण देखिएपछि स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरेको अनमी विधि भण्डारीले बताइन् ।

‘संस्थामा काम गर्ने २ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, आकस्मिक बाहेकका अन्य सेवा हामीले बन्द गरेका छौं,’ उनले भनिन् । 

स्वास्थ्य कार्यालयले एक सूचना सार्वजनिक गरी आगामी जेठ २ गतेसम्मका लागि आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ । स्वास्थ्य कार्यालयले सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीलाई उपचारमा समस्या भएको स्थानीय बताउँछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।