२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

कैलालीमा ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने, थप कडाई

धनगढी । कैलालीमा अब हप्ताको ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने भएको छ ।

कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जिल्लामा जारी निषेधाज्ञालाई जेठ ६ गतेसम्म निरन्तरता दिने र थप कडाई गर्ने निर्णय समेत गरेको छ ।

यसअघि हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसल अब ३ दिन मात्रै खोल्न पाइने भएको हो । बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य र सुरक्षाका सम्पुर्ण मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नपर्ने छ ।

स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलरव्यवसायहरु हरेक मंगलबार, बिहिबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।