दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरामा सात स्थानिय तह रहेका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका छन्। डडेल्धुरा जिल्ला सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकामा नेपाल युथ फाउन्डेसन ,डडेल्धुरा अस्पताल र रुडुक डडेल्धुराकाे सयुक्त साझेदारिमा पाेषण पुन: स्थापना केन्द्र खाेलिएकाे छ ।



सुदुर पहाडका जिल्लामा हुने कुपोषीत बालबालिकाकाे जीवन सुधारका लागि डडेल्धुरामा याे अवधारणा ल्याएर सुचारु गरेकाे रुडुक डडेल्धुरा निर्देशक सरस्वती खड्का काे भनाई रहेकाे छ।
देशभर लकडाउन चलिरहेकाे समयामा पाेषण पुन: स्थापना केन्द्र डडेल्धुरामा अाठ जना बालबालिका रहेका छन् ।
जसमा डाेटि , बाजुरा , डडेल्धुरा रहेका छन् यदि तपाईंको समाजमा यस्ता कुपाेषित बालबालिका छन् भने नजिककाे स्वास्थ चाैकि वा स्वयंसेविका लाई सम्पर्क गर्नु हनु अनुराेध गर्दछु भन्नू हुन्छ कार्यालय प्रमुख पुजा चन्द । यस विषम परिस्थितिमा पनि हामीले उपचार लाई निरन्तरता दिएका छाैं र हामीले गत अा.व.मा असी (८०जना) उपचार भएर घर फर्केकाे चन्दकाे भनाइ छ ।

























