२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

 आज मे १२ तारिख, अन्तर्राष्ट्रिय नर्सिङ दिवस

 आज मे १२ तारिख, अन्तर्राष्ट्रिय नर्सिङ दिवस। कोरोना जोखिमको कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन। विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पु¥याएको योगदानको कदर र सम्मान स्वरुप आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङगेलको जन्म दिवसको अवसरमा नर्सिङ दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा नर्स दिवस मनाउन थालिएको हो। 

शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ। कोरोना महामारीको अहिलेको विषम परिस्थितिमा आम नागरिकलाई स्वाथ्य सेवा प्रवाह गर्न अग्रपङ्तिमा खटिने नर्सिङ क्षेत्रको आवश्यकता र महत्व बढेर गएको छ। 

नेपालमा नर्सिङ क्षेत्रमा श्रम शोषण भएको भन्दै नर्सहरुले गुनासो गर्दै आएका छन्। विषेश गरी नीजि अस्पतालले नर्सहरुलाई कम तलबमा काम लगाउने , समयमा पारिश्रमिक नदिने लगायत आरोप लाग्ने गरेको छ। 

विश्वव्यापी कोरोना महामारीको अहिलेको समयमा नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको सरकारले जनाएको छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले दिवसका अवसरमा शुभकामना दिदै कोभिड १९ विरुद्धको लडाईमा दिन–रात नभनी बिरामीको सेवामा लाग्ने सम्पूर्ण नर्सहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।