धनगढी । कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ३५ वर्षीय मीन ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



मंगलबार राति घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ४ ख ८९४० नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको से ५ प २२९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक ठकुल्लाको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै ट्रक चालक चुरे गाउँपालिका वडा नम्बर ६ फल्टुडे बस्ने ३३ वर्षीय चेतबहादुरलाई इलाका प्रहरीकार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।
Views: 168

























