२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

माफ गर्नुस अामा विभेद अन्त्य भए तस्वीर देखाउला

दिपकराज भट्ट (दिपु) – डडेल्धुरा आमा,मा ,माता जसले सन्तान लाई जन्म मात्र दिने गर्दैनन् । संसारमा काेहि स्वार्थि छैन भने त्याे शब्द हाे `अामा´, अामाले हरेक सन्तानका लागि अाफु भन्दा बढि उसलाई ख्याल गरेकाे हुन्छ ।

एउटि अामा जब गर्भवती हुन्छिन तब उनकाे मनमा साेच पलाई सक्काे हुन्छ कि म मेराे सन्तान लाई कसरी राम्रो बनाउ र उसले मेराे नाम कसरी राख्ने भनेर ? हरेक अामाले भुर्ण देखि अामाकाे अाफ्नाे सास रहदा सम्म सन्तानकाे ख्याल गर्नु हुन्छ , अाफुले नखाएर , नलाएर ,नदेखेर सन्तानलाई खुवाउने ,लगाउने,देखाउने गर्नुहुन्छ । सन्सारकाे एक शुद्व शब्द हाे `अामा´ अाज अामाकाे मुख हेर्ने दिन( अाैंसि) आमा हरेक सन्तानले हरेक अामाकाे मुख सधै हेराेस , अाज फेसबुकमा ( सामाजिक संञ्जालमा ) राखिएका हरेका अामालाई बृद्धअबश्था मा बृद्धअाश्रममा देख्नु नपराेस यहि छ मेराे अामाकाे मुख हेर्ने दिनकाे सबै सन्तानमा शुभकामना ।

अामाले सन्तानका लागि राम्रो नै साेच्नुहुन्छ याे जरुरि छ कि हरेक सन्तानले अामा लाई अामाकाे जसरि नै माया , सम्मान र सद्भाव राखाेस सामाजिक संञ्जालमा राखिएका ती खसिला मुहारमा सधै हासाे मिलाेस यनकि खाेजि खाेजि फाेटाे हाल्नु नपराेस हरेक सन्तानले अामा लाई दिलमा राखुन ! `अामा´ छाेरा भए खसी छाेरि भए फर्सी भन्ने समाजमा अाज अामाहरुका तस्वीर देख्दा लाग्छ कि केही चेतना बढ्याे कि ! छाेरि छाेरा प्रति हेर्ने नजर एक हुन लाग्याे कि ? हाे याे समउमा पनि छाेरिछाेरा प्रति विभेद गर्नु नै अपराध हाे यस्ताे साेच हुनेले अामाका तस्वीर पाेस्ट्याउनुले कुनै धर्म निभाउदैन् केवल त्याे देखावटी हुनेछ ।

दियाे बल्न नपाउदै निभाई दिने समाजले कहिले बुझ्ला यी कलिली अामाकाे महत्त्व जब भुर्ण परिक्षण गरिन्छ डाक्टरले रिपोर्ट दिदा त भन्छन् बधाई छ तपाईंकाे गर्भमा छारि छिन् अामा लाई श्रिमान , घरकाका अभिभावक , समाजकाे प्रश्न हुन्छ ? के छ तेराे गर्भमा अामा खुशि हुदै भन्नुहुन्छ छाेरि छ ।

एकाएर निरास जनक मुख देखाउदै सबै जना टाडिनुकाे पीडा केवल त्यि अामा लाई मात्र थाहा हुन्छ। अामाले चाहाने घर समाजले नचाहाने बाध्यता रहेकाे समाजका नागरिक हाैं हामी अनि अामा यस्ताे समाजमा जन्मेकाे म तपाईंको छाेराले हजुरकाे तस्वीर सामाजिक संञ्जालमा राख्न मलाई अपराध सरह लाग्याे ।

अामा हजुर लाई याे मनमा राखेकाे छु , चाहान्छु छाेरिछाेराका विभेद अन्त्य भएकाे दिन अामाकाे तस्बिर सामाजिक संञ्जालमा राख्दा मेराे मनले शान्ति अनुभूति र अाम प्रतिकाे सम्मान स्विकार गर्ने छ ।

सबै लाई अामाकाे मुख हेर्ने दिनकाे शुभकामना अामाकाे फाेटाे सामाजिक संञ्जालमा राख्नु अगाडि अात्माले संकलन गराैं कि छाेरिछाेरा प्रति कुनै विभेद गर्ने छैन र अामालाई मनमा राखि राख्ने छु । संसारका सबै अामा मा नमन अामाकाे मुख हेर्ने दिनकाे शुभकामना ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।