काठमाडौँ — यो योजनामा विद्यार्थी तथा शिक्षकरशिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा पाउँछन्।
एनसेलले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० र निजी तथा आवासीय विद्यालय संघ ९प्याब्सन० सँगको सहकार्यमा अनलाइन कक्षा तथा सिकाइका लागि मासिक योजना ल्याएको छ ।
अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा यो योजना ल्याइएको एनसेलले जनाएको छ । ।
विद्यार्थीले करबाहेक मासिक २ सय ५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रीजीरफोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् ।
Views: 39