२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

सदूरमा अक्सिजनको हाहाकार, धनगढीको अक्सिजन उद्योगको प्लान्ट पनि बिग्रियो

धनगढी । सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालित एक मात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजनको हाहाकार भएको छ । सोमबार राति मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन पनि बन्द भएको छ ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको उद्योगका सञ्चालक विक्रम शाहले बताए । अत्यधिक तापका कारण प्लान्ट बिग्रिएको उनले बताए ।

‘मर्मत गर्नका लागि भारतको दिल्लीबाट सामान र मिस्त्री ल्याएर आउनु पर्ने भयो, केही दिन लाग्ने जस्तो छ ।’कोरोना संक्रमणका बिरामी बढेसँगै वैशाख सुरुदेखि नै अक्सिजनको संकट खेपिरहेको सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालनमा रहेको एउटा मात्रै उद्योग, त्यै पनि बिग्रिएपछि थप संकटको अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।