नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा हालसम्म २ सय २७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घरोगी रहेका छन् । कोरोना संक्रमित भएपछि श्वास प्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका मध्ये अधिकांशलाई दीर्घ रोग देखिएको बताइएको छ ।



सुदूरपश्चिमको ९ वटा जिल्ला मध्ये सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कैलालीमा हालसम्म १ सय ३६ जनाको मृत्यु भएको छ । सोमबार मात्रै कैलालीमा ८ जनाकाृ मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। कञ्चनपुरमा ५८ जनाको मृत्यु भएको छ । अछाममा ७ जना, बझाङमा ७ जना, बैतडीमा ६ जना, बाजुरामा ४ जना डडेल्धुरा, दार्चुला र डोटीमा ३र३ जनाको मृत्यु भइसकेको छ ।
वैशाख ४ गते यता अछाममा मृत्यु भएका ७ जना कोरोना संक्रमित मध्ये अधिकांशलाई दीर्घरोग थियो । दीर्घ रोगीको कोरोना संक्रमणका कारण मृत्यु भएको अछामका कोभिड फोकल पर्सन मीनबहादुर कुँवरले बताए । उनले भने,‘कोरोना संक्रमणका कारण मृत्यु भएका अधिकांश विरामीलाई दीर्घ रोग थियो ।’ केहीलाई प्रेसर र केहीलाई सुगरको बिरामी अगाडिदेखि नै रहेको बताउँदै उनले भने,‘मृत्यु भएका मध्ये केही बिरामी दीर्घ रोगका प्यासेन्ट रहेको उनीहरुको हिष्ट्रीबाट पत्ता लागेको छ । सुदूरपश्चिममा सोमबार बेलुकीसम्म ८ हजार ७६ जना सक्रिय संक्रमित पुगेका छन्। नागरिक दैनिकमा खबर छ।

























