२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

आज आमाको मुख हेर्ने दिनः मातृमहिमा पढ्नुहोस्

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मनाइन्छ ।

शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । 
आमाबारे विद्वानहरु कसले के भने, पढ्नुहोस्

१, आमालाई देवीदेवता जस्तै मानेर सम्मान गर्नुपर्छ – तैत्तिरीयोपनिषद्
२, जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ – महर्षि वाल्मीकि
३, सन्तान कुसन्तान हुन सक्लान् तर माता कुमाता हुन सक्दैनन्– आद्य शङ्कराचार्य
४, माताको अर्थ माननीय हुन्छ – पाणिनीय व्याकरण
५, माननीय भएकैले माता भनिएको हो – शतपथब्राह्मण
६, संसारमा आमाको स्थान आकाश र पृथिवी जत्तिकै महान् हुन्छ – शुल्कयजुर्वेद
७, आमाले सिङ्गो प्रकृतिको प्रतिनिधित्व गरेकी हुन्छिन् – अथर्ववेद  
८, राजपत्नी, मित्रपत्नी, गुरुपत्नी, पत्नीको आमा (सासू) र आफ्नी आमा गरी आमा किसिमका हुन्छन् – आचार्य चाणक्य   
९, आमा खुसी भइन् भने देवीदेवतादेखि पितृहरूसमेत खुसी हुन्छन् – संस्कृत सूक्ति 
१०, आमा भनेका संसारभरिकै तीर्थ हुन् । संस्कृत सूक्ति

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।