२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स 

स्थानीय तहका जनप्रतिनिधिले कोरोना ९कोभिड–१९० सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् ।

सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरूकै करबाट खरिद गरिएको सरकारी गाडी चढेर हिँड्न आफूहरूलाई नैतिकताले नदिने भन्दै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आफूले चढ्ने सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका हुन् ।

आफू नागरिककै सेवाका लागि निर्वाचित भएको र नागरिक अस्पतालसम्म पुग्न सवारीसाधनको अभाव भएपछि आफूहरूले चढ्ने सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय सवारीसाधनमा अक्सिजनसहितको सिलिन्डरको व्यवस्था गरी सवारीसाधनलाई अस्थायी एम्बुलेन्स बनाइएको छ भने कतिपय पालिकाले कोरोनाका सङ्क्रमित बोक्नका लागि मात्र सवारीसाधन प्रयोग गर्न थालेका छन् ।

काठमाडौँका टोखा, रुपन्देहीको तिलोत्तमा, चितवनको रत्ननगर नगरपालिकाका र रसुवाको कालिका गाउँपालिकाका प्रमुखले चढ्दै आएको सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य सामग्री बोक्न प्रयोग गर्ने गरेका छन् । रसुवाको कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी अधिकारीले समुदायमा कोरोनाको सङ्क्रमण बढ्दै जाँदा आफूले प्रयोग गरिरहेको सवारीसाधन सङ्क्रमित बोक्न प्रयोग गर्नु आफ्नो दायित्व सम्झेको बताए। काठमाडौँको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पनि आफ्नो सवारीसाधन स्वास्थ्य सामग्री ओसारपसार र प्रशासनिक कार्यमा प्रयोग भइरहेको बताए। गाेरखापत्रमा खबर छ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।