प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन असफल भएलगत्तै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न तीन दलले राष्ट्रपतिलाई आह्वान गरे ।



सोमबार साँझ बसेको मनित्रपरिषदको बैठकले पनि संसदको विषेश अधिवेसन अन्त्य गर्ने सिफारीस गर्ने निर्णय गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राजनीतिक दललाई बिहीबारसम्मको समय दिएकी छन् ।
विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको अवस्थामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई यस्तो प्रक्रिया थाल्न सुझाव दिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका थिए ।
सोही आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति भण्डारीले यसका लागि दलहरूलाई आगामी वैशाख ३० गतेसम्मको समय दिएकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्तिअनुसार ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई मिति २०७८र१र३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ ।
संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम तीन वर्षअघि २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि राखेको प्रस्ताव पारित हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागी थिए । उनले विश्वास प्राप्त गर्नका लागि १ सय ३६ मत पाउनु आवश्यक हुन्थ्यो । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ मत दिएका छन् । १५ तटस्थ र एमालेका २८ सांसद अनुपस्थित थिए ।


























