२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

यी हुन हेलिकप्टर खरिद गरेका दूध बेच्ने किसान

काठमाडौं । दूध बेच्नकै लागि हेलिकप्टर खरिद गरेपछि भारतीय राज्य महाराष्ट्रस्थित भिवन्डीका किसान जनार्दन भोइरकाे निकै चर्चा भइरहेकाे जिन्युज इण्डियाले जनाएकाे छ ।

उनी आफ्नो दूध व्यवसायको सिलसिलामा कयौंपटक राज्यभन्दा बाहिर जानुपर्ने भएकाेले धेरै स्थानमा सहज रुपमा पुग्नका लागि उनले हेलिकप्टर खरिद गरेको बताइएको छ ।

यद्यपी मानिसहरुले एउटा किसानले कसरी हेलिकप्टर किन्न सक्यो भनेर प्रश्न पनि गरिरहेकाे जिन्युज इण्डियाले जनाएकाे छ ।

डेरी व्यापार तथा रियल स्टेटको व्यापारी भएकाले उनले हेलिकप्टर खरिद गरेको बताउँदै उनले डेरी व्यापारको सिलसिलामा प्राय पन्जाब, जुरात, हरियाणा, राजस्थान जस्तो ठाउँमा गइरहनु पर्ने भएकाेले हेलिकप्टरले उनको भ्रमणलाई निकै सहज बनाउने बताएका छन् ।

उनले आफ्नो घर छेउमै हेलिप्याड पनि निर्माण गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।