२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

बैतडीमा पहिरो : मानिस भागेर बाचे

बैतडी : बैतडीको सुर्नया गाउँपालिका-२ मा गएराती चलेको पहिरोले दुई घरमा क्षति पुगेको छ। अन्य ६ घर उच्च जोखिममा परेका छन्‌।

  पहिरो चलेको थाहा पाएपछि स्थानीयहरू ज्यान जोगाउन भागेपनि गोठखोरमा रहेका गाईबस्तु किलामै रहेका छन्‌। स्थानीय लोकेन्द्र बोहराको घरको आँगन नै पहिरिएपछि जनक बोहराको घरमा क्षति पुगेको छ।

घरमा बसेकाहरू भागेपनि बस्तुभाउ गोठमै रहेको र पहिरो चलिरहेकाले निकाल्न समेत नसकिएको स्थानीयले बताएका छन्‌। गोठमा ६ वटा भैंसी, २ वटा गाई र ५ वटा बाख्रा अड्किएको बोहोराले जानकारी दिए। ​

शेरसिंह बोहरा, शालीभान बोहरा, वीर बहादुर बोहरा र मन्जित बोहरा र वीर बहादुर बोहराको घर पनि पहिरोको उच्च जोखिममा परेको छ। 

स्थानीय नरसिंह बोहराको गौशाला पनि पहिरोका कारण भत्किएको जानकारी प्राप्त भएको छ। गएराती १ बजेतिर खसेको पहिरोले ती घरहरु जोखिममा परेका र अझै पनि पानी परिरहेकाले पहिरो जाने क्रम नरोकिएको वडा कार्यालयले जनाएको छ। उद्धारका लागि प्रहरीलाई खबर गरिएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।