२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

बिहे गरेको भोलिपल्टै कोरोनाले सिकिस्त भएपछी…

बिहेको रमझम नसकिँदै बेहुला र बेहुली समस्या परेका छन् । उनीहरु बिहे गरेको भोलिपल्टै कोरोनाले सिकिस्त भएका हुन् । बेहुला बेहुली नै सिकिस्त भएपछि अहिले पूरै गाउँमा कोरोनाको जोखिम बढेको छ । यो समाचार संखुवासभा हो । त्यहाँको मादी नगरपालिका –३ का बेहुला बेहुलीलाई कोरोना भएको हो ।

मादी –३ का २५ बर्षीय विरेन्द्र कुमार मण्डल र २० बर्षीया बेहुली नैनाकला ओझालाई कोरोना पुष्टि भएको मादी नगरपालिका मेयर विदुर सुब्बा लिङ्थेपले जानकारी दिए । बेहुला विरेन्द्र र बेहुली नैनाकला १५ दिन अघि काठमाण्डौंबाट मादी गएका हुन् ।

ज्वरो आउने,रुघाखोकी जस्ता लक्षण देखिएपछि शनिबार एन्टीजीन जाँच गर्दा पोजेटिभ देखिएको मादी नगरपालिकाका स्वास्थ्य शाखा श्रेष्ठले बताए । उनीहरु पढाईको शिलसिलमा काठमाण्डौं बस्दै आएका थिए । उनीहरुको २३ गते बैवाहिक कार्यक्रम रहेको रहेको थियो । बिहेको दुई दिनपछि सामान्य लक्षण देखिएपछि परिक्षण गरिएको थियो ।

कोरोना देखिएका बेहुला बेहुली दुबै जनालाई चैनपुरमा रहेको आइसोलेसनमा पठाइ सकिएको मेयर विदुर सुब्बा जानकारी दिए । बिहे र पुरान एकै घरमा भएका कारण बैवाहिक समारोहमा सहभागी गाउँभरका अन्यलाई समेत सरेको हुन सक्ने भन्दै सचेत रहन मेयर लिङ्थेपले आग्रह गरे ।

उनले भने ‘हामी लेले भन्ने गाउँ शिल गरेर बिहे र पुरानमा आउने सबैको पीसीआर परिक्षण गर्न टोली पठाइ सकेका छौं ।’ मेयर सुब्बले बताए । बिहे र पुराणमा तिन सय भन्दा बढी सहभागी भएको उनले बताएको समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।