नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।शनिवारसम्म संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ३१५ थपिएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जनाको पीसीआर परीक्षण भएकोमा ३१५ जना संक्रमित थपिएका प्रवक्ता गौतमले बताए । उनका अनुसार हाल ५०० भन्दा बढी सक्रमित रहेका जिल्ला रौतहत र कैलाली छन् ।
नेपालमा हालसम्म देखिएका २० हजार ८६ संक्रमितमध्ये ७२।१५ अर्थात् १४ हजार ४९२ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल अस्पतालमा सक्रिय संक्रमित ५ हजार ३३८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टीनमा ११ हजार ५३३ जना रहेका छन् ।
लकडाउन अन्त्य हुनुअघिका ११ दिनमा ४७ हजार ८७७ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ३४५ जनामा संक्रमण देखिएको थियो भने लकडाउन अन्त्यपछिका ११ दिनमा ५८ हजार १७४ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ९२ जनामा संक्रमण देखिएको छ । यसरी लकडाउन अन्त्य हुनुअघि र पछिका ११ दिनको तुलना गर्दा संक्रमण ०।८ प्रतिशतले बढेको प्रवक्ता गौतमले बताए ।