डडेल्धुरा – डडेल्धुरामा सात स्थानिय तह रहेका छन् । तिनीहरु मध्ये जिल्ला सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकामा सुदुरका सात पहाडि जिल्लाकाे सुविधा सम्पन्न डडेल्धुरा अस्पताल रहेकाे छ ।



विश्व महामारीका रुपमा रहेकाे काराेनाले डडेल्धुरा पनि अछुताे रहन नसकेकाे समयमा डडेल्धुरा अस्पतालमा पनि अक्सिजन अभाव भएकाे थियाे अक्सिजन अभाव परिपुर्ति गर्नुका लागि बाेलन्याथली र अमरगढी नगरपालिकाले समुन्व्य गरेर आज दिउसाे अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर बाेलन्याथली युनिट डडेल्धुराका संयाेजक दिपकराज भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा लाई हस्तान्तरण गरेका थिए ।
याे विषम परिस्थिति सबैले एकजुट भएर सहयाेग गर्नु जरुरि रहेकाे छ । यश वाट डडेल्धुरा अस्पतालमा रहेका विरामिले राहत महसुस गर्ने छन।
वाेलन्याथलि ले गरेकाे यश पुण्य कामकाे प्रशंसा गर्दै अमरगढी नगरपालिकाका मेयर विपिन ओझाले आज फेसबुक मार्फत सबै लाई अपिल गरेका छन् उहाँ भन्नू हुन्छ – सहकार्यमा सबै जुटाैं!!
यति बेला मुलुकमा राष्ट्रिय संकट छ, काेभिड १९काे दाेस्राे चरणकाे भाईरस अलि खतरनाक देखिएकाे छ। हामी अमरगढीवाशी पनि यस वाट अछुताे छैनाैं। याे वेला अध्याराे काेठामा वसेर सरकार लाई गालि गरेर मात्रै समस्या हल हुदैन। सवैले आ आफ्नाे तह तप्का वाट सहकार्य गरेर समस्या सामाधानकाे प्रयत्न गर्नुपर्ने छ।
सामुहिक प्रयासले मात्रै हामी सफलता हाँसिल गर्न सक्छाैं। अक्सिजन सिलिण्डरकाे हाहाकार छ, खालि सिलिन्डर पनि भेट्टाउन मुस्किल छ। वजारमा सहजै खरिद गर्न पनि पाईराखेकाे छैन, जाे जाे व्यवसायि संग छ, अहिले संकटकाे वेला सहयाेग गर्नुहाेस पछि तपाँईहरुका सिलिण्डर हामी स सम्मान फिर्ता गर्ने प्रतिवद्वता गर्दछाैं र काेही उचित मुल्यमा विक्रि गर्ने भए पनि खरिद गर्न तयाँर छाैं। सवैकाे सामुहिक प्रयास र एकता वाट हरेक युध्दमा श्रेष्टता हासिल गर्न सकिन्छ।
* तपाईं हामि सवैलाई थाहा छ, गत वर्ष सवैकाे प्रयासले डडेल्धुरा अस्पतालमा पि सि आर परिक्षण ल्याव स्थापना भयाे भने काेभिड अस्पताल निर्माणकाे अन्तिम चरणमा छ।
* आजै डडेल्धुरा अस्पतालमा ४० थान अक्सिजन सिलिन्डर पुगेकाे छ, खालि सिलिण्डर अस्पतालले उपलब्ध गरायाे, टिप्पर हामिले (अमरगढी नगरपालिका) पठायाैं, समन्वय डडेल्धुरा र वाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्युले गर्नु भयाे सहयाेग वाेलन्या थलिका जुझारु युवा हरुकाे रह्याे
सेवा जन्ताले पाउँछन्।
त्यस कारण कम्तिमा दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन क्षमताकाे प्लान्ट जडान गर्न सवैकाे सहयाेग, सहकार्यकाे खाँचाे छ जुटाैं सवै सहकार्य र साझेदारि गर्न अमरगढी तयार छ।
काेराेना विरुध्दकाे लडाईमा नेतृत्वदायि भुमिका खेल्दै आएकाे अमरगढी नगरपालिका आफ्ना जनप्रतिनिधि चढ्ने गाडि ऐम्वुलेन्स र टिप्पर लाई शव वहान बनाउने घाेषणा गरेकाे थियाे।
त्यस्काे दाेस्राे दिन देखि सेवामा गाडि दाैडाई सकेकाे छ। विभिन्न स्थान वाट विरामि वाेकेर मेयर उपमेयर चढ्ने गाडि विरामि बाेक्दै हिनेकाे देखिन्छ। नगर पालिकाकाे याे अभियानकाे देश भरि चर्चा नै भयाे भने विभिन्न ठाँउका जनप्रतिनिधिले घाेषणा गर्न सुरु गर्न थालेकाे सामाजिक संञ्जालमा भेटिन्छ।


























