धनगढी : कैलालीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिंदा एकजना घाईते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा १ झ ९२५० नम्बरको सरकारी गाडीले बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा मोटरसाईकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी रहेका छन्। दाया खुट्टामा चोट लागेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
दुर्घटना लगत्तै सरकारी गाडीका चालक र अन्य सवार फरार रहेकाले कुन कार्यालयको हो भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ।
Views: 58