कपिल देब भट्ट/दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलेश्वरमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।
नगरपालिकाले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला आम नागरिकको जीवन रक्षाका लागि अक्सिजन प्लान्ट स्थापना गर्ने पहल गरिरहेको जनाएको छ ।
गोकुलेश्वर अस्पतालको सेवा क्षेत्रभित्र रहने गरि तत्काल अक्सिजन प्लान्ट स्थापना गर्ने र सो को आवश्यक पक्रियाका लागि सम्बन्धित निकायमा पहल गरिन लागिएको नगरपालिकाले जनाएको छ।
शैल्यशिखर नगरपालिकाको आज बसेको विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।



यस्तै आज बसेको बैठकले एम्बुलेन्सका लागि एउटा गाडी भाडामा लिने र नगरपालिकासंग रहेको टिप्पर शव वाहनका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।

Views: 329

























