२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

डडेल्धुरा अस्पतालका दुई स्वास्थ्यकर्मी सेती नदिमा बगेर बेपत्ता

डडेल्धुरा – डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा बगेर बेपत्ता भएका छन । एक जनाको सकुसल उद्दार गरिएको छ । 
डोटीमा रहेको शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान गएका उनीहरु फर्कीने क्रममा गर्मी भएर सेती नदीमा नुहाउन जादा सेतीले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र ल्याव सुपरिटेन्डेन्ट हरि जोशी नदिले बगाउदा बेपत्ता भएका छन । अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको उद्दार गरिएको छ । बेपत्ता भएका हरुको खोजी भैरहेको छ ।

जिल्ला प्रहरीकार्यालय डोटीबाट खटिएको प्रहरी टोली, पिपल्ला, तिल्ताली, चमराचौतारा, वाईल र तल्कोट बझाङ्गबाट प्रहरीको टोली खटिएर बेपत्ता उनीहरुको खोजी कार्य भैईरहेको छ । शिखर नगरपालीका १० गहनान भन्ने ठाँउ बाट दिउसो सवा दुई बजे तिर सेतीले बगाएको प्रहरीले बताए । 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।