२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

वडा अध्यक्षनै एम्बुलेन्स चालक बनेपछि…

रौतहट । देशैभर कोरोना भाइरसको दोस्रो लहरको महामारी चलिरहँदा जनप्रतिनिधिहरुको भूमिकामा जनताले प्रश्न गरिरहेका छन् ।

महामारीको बेला जनतालाई साथ दिनुपर्ने जनप्रतिनिधिहरु आफ्नो दायित्वबाट पन्छिरहेको आरोप उनीहरुमाथि लाग्ने गरेको छ ।

तर रौतहटका एक जनप्रतिनिधिले भने आफै एम्बुलेन्स चलाएर कोरोना भाइरसको आशंका भएकाहरुलाई स्वाव संकलन गर्न लगेका छन् ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुत्तबहादुर थिंङ्गले आफ्नो वडाका कन्ट्याक ट्रेसिङ्गमा परेका, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई एम्बुलेन्समा हालेर आफैले सो एम्बुलेन्स चालएर सोही वडाको सहिद स्मृति पार्कमा स्वाव संकलन गर्न लगेका हुन् ।

स्वास्थ्य चौकी जुडिबेलाको एम्बुलेन्स चालक बिरामी भएपछि स्वाव संकलनमा जान स्थानीयलाई समस्या आएको थियो ।

संक्रमणको आशंका भएकाहरु चढाएर लानुपर्ने भएकाले कोही पनि एम्बुलेन्स चलाउन तयार नभएपछि वडाअध्यक्ष थिंङ्ग आफै एम्बुलेन्स चालक बनेका छन् ।

उनले वडा भरिका करिब २५ जनालाई ६–७ पटक गरेर एम्बुलेन्समा हालेर स्वाव संकलन स्थानमा पु¥याएका थिए ।

एम्बुलेन्सको चालक नभएर स्वाव संकलन गर्नुपर्ने स्थानीयहरुलाई स्वाव संकलन स्थानसम्म जान गाह्रो भएपछि जनप्रतिनिधि र मानवताको नाताले आफै अगाडि आएर एम्बुलेन्स चलाएर स्वाव संकलनको लागि लगेको उनले बताए ।

‘जनतालाई दुःख परेको बेला जनताबाट टाढा कसरी रहनसक्छुँ’ उनले भने, ‘ जनताप्रतिको उतरदायित्व निर्वाह गर्नलाई आफ्नो स्वास्थ्यको पनि प्रवाह नगरी नागरिक सेवामा लागेको हुँ ।’

समयमै स्वाव संकलन गरेर परीक्षण नगरे वडाभरि संक्रमण फैलने डर रहेको र स्थानीयको स्वास्थ्यमा पनि असर गर्ने भएकाले आफूले स्वाव संकलनको लागि स्थानीयलाई सहजीकरण गरेको उनको भनाइ छ ।

सो नगरपालिकामा दैनिक रुपमा स्वाव संकलन नहुने भएकाले तोकिएको दिन स्वाव संकलनको लागि नगए अर्को दिन कहिले संकलन हुन्छ भन्ने थाहै हुँदैन । त्यसैले स्वाव संकलनको लागि तोकिएको दिनमा जानैपर्ने वाध्यता रहेको छ ।

कोरोना कहरको बेला जनप्रतिनिधिहरु आफ्नो दायित्वबाट पन्छिरहेको अवस्थामा वडाअध्यक्ष थिंङ्गले आफूपनि संक्रमित हुने सम्भावित खतरालाई पनि नजरअन्दाज गरेर जनताप्रति देखाएको उत्तरदायित्व निकै प्रशंसा गर्न लायक रहेको स्थानीय राजेन्द्र आर्चायको भनाइ छ ।

केही दिन अघि सोही वार्डका एक ३८ वर्षिय पुरुषको कोरोना संक्रमणको कारण हेटौडा अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको थियो । गाउँमा अन्य धेरैलाई ज्वोरो आइरहेकाले समयमै व्यापक परीक्षण गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

न्युज 24 बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।