२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

सरकारले पहिलो चरणमा चीनबाट ४ सय खाली सिलिण्डर ल्याउँदै

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिण्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलकाे अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने निर्णय गरेकाे हाे ।

सिलिण्डर ल्याउनका लागि पर्सि नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारकाे अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिण्डर ल्याउन थालेको हो ।

कोरोनाको संक्रमण बढेसँगै नेपालमा अहिले अक्सिजनको माग बढेको छ । तर, सिलिण्डर अभाव हुँदा बिरामीको उपचार प्रभावित हुँदै आएको छ । सरकारले स्वास्थ्य क्षेत्र बाहेकमा अक्सिजन सिलिण्डर प्रयोग भएको भए फिर्ता गर्न आग्रह गर्दै आएको छ भने यस्ता सिलिण्डर सङ्कलनका लागि अभियान पनि सुरु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।