२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

अक्सिजन लेभल कम भएपछि पिपलको रुखमुनी बसे कोरोना संक्रमित

अन्धविश्वासका कारण भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका कोरोना संक्रमितहरु पिपलको रुखमुनि बस्न पुगेका छन् । कोरोना पोजेटिभ घोषणा भएका दुुई परिवारका झन्डै आधा दर्जन संक्रमित पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् । 

‘मलाई सास लिन समस्या भइरहेको थियो र अक्सिजनको कुनै सहारा थिएन । पिपलको रुखले अक्सिजन दिन्छ भन्ने थाहा पाएपछि मेरो परिवार यही आएर बसेको छ,’ उर्मिला नामकी एक महिलाले भनिन् ।  

भारतीय जनता पार्टीका विधायक रोशनलाल बर्माले यस इलाकामा पुगेर मानिसहरुसँग भेटघाट गरेका छन् । उनले शनिबार जिल्ला अधिकारीहरुलाई फोन गरेर अस्पतालमा बिरामीलाई स्थानान्तरण गर्न निर्देशन दिएका छन् । यद्यपी, पिपलको रुखमुनी निकै राम्रो महसुस गरेकाले अस्पतालमा सिफ्ट हुन मन नलागेको उर्मिलाले बताइन् ।

उनको परिवारका एक सदस्यले भने, ‘ हामीलाई पिपलले अधिकतम अक्सिजन दिन्छ भनिएको थियो । किनकी कुनै विकल्प बाँकी थिएन, त्यसैले मैले आफ्नी काकीलाई यहाँ लिएर आएँ र समस्या धेरै ठिक भयो । मानिसहरुले के भन्छन् भनेर हामीलाई मतलब छैन ।’

यसैबीच लखनऊका चिकित्सा विशेषज्ञले यसलाई शारिरीक नभएर मानसिक प्रभाव भनेका छन् । वहिन किङ जर्ज मेडिकल युनिभर्सिटीका ती डाक्टरले भने, ‘यहाँ सम्भवत ताजा हावा छ, जसले मानिसलाई सास लिन सहयोग गर्छ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।