कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बाट लागुऔषध सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले बिषेश सुचनाको आधारमा बेलौरी नगरपालिका वडा नं, १० भुडाको ३३ नम्बर पिल्लर बाट लागू औषध सहित दुई जना भारतीयलाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा भारतको पेलभित जिल्ला सिघारा उर्फ टारगन्ज तहसिल पुरनपुर थाना हजारा उत्तर प्रदेश बस्ने २५ बर्षीय राजेन्द्र सिह र भारत राजस्थान एकिन ठेगाना खुल्न नआएको १६ बर्षीय कृसन सिह रहेका छन ।
सिमानाका बाट पैदल हिन्दै गरेका दुई जनामाथी शंका लागेपछि चेकजाँच गर्दा १२ ग्राम ६३० मिलीग्राम खैरोहिरोईन (ब्राउन सुगर) भेटिएकाले दुबै जनालाइ नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

























