२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

घोडाघोडीमा निर्माण भइरहेको रिङ्ग रोडको कालोपत्रे गर्ने कार्य शुरु

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा निर्माण भइरहेको रिङ्ग रोडको कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । करिब १७ किलोमिटर लम्बाइ रहेको रिङ्ग रोडको पहिलो चरण अन्तरगत ३.५६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भुखाली चोक बाट सुरु भएको हो ।

विश्व माहामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बावजुद पहिलो चरणमा सडक कालो पत्रे गर्ने कार्य सुरु भएको छ ।

पहिलो चरणको ३.५६ किलोमिटर सडक निर्माणका लागि रेखा जे.बी. निमार्ण सेवा लम्की सँग १ करोड ५८ लाख ६० हजार ९ सय ५८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

काम सुरु भएको एक वर्ष भित्रमा ३ किलोमिटर ५६ दशम्लब मिटरको सडक कालो पत्रे भई सक्ने सम्झौतामा उल्लेख गरिएको छ । रिङ्गरोडको गत २०७८ पुस ७ गते नगर प्रमुख ममता प्रसाद चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गरेका थिए ।

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङ्गरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पिपलडाडा, पूर्वी पेट्रोल पम्प ,बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौक सम्म करिब १७ किलोमिटरको रिङ्गरोडको निर्माण अवधि ३ वर्षको रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।