डडेल्धुरा – डडेल्धुरा जिल्ला मा सात स्थानिय तह रहेका छन । जनप्रतिनिधिकाे चढ्ने गाडि एम्वुलेन्स र टिप्परलाई सव वाहनका रुपमा प्रयाेग गर्ने निर्णय गरेकाे डडेल्धुरा सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले घाेषणा गरेकै दाेस्राे दिन अमरगढी नगरपालिका वार्ड नं ९ का मृतक मुनु देवि जाेशीकाे शव बाेकेर सेती नदि पुगेकाे छ। भने बाेलेराे जिपमा रहेकाे सिट हटाएर विरामि र ड्राईभरकाे विचमा पार्टेसन गर्ने, विरामि राख्ने सिट र अक्सिजन सिलिण्डर जडान गर्न हिजै वर्क साेप पठाईएकाे छ। नयाँ सिट निर्माण गर्नुपर्ने भएकाले भाेलि सम्म तयार हुने ड्राईभर वादल रानाले बताएका छन। जन्ताले तिरेकाे कर वाट किनेकाे गाडी जनताकै सेवामा पठाउन पाउँदा जनप्रतिनिधि भने खुशी भएका छन। आज दिनभर मेयर उपमेयर माेटर साईकलमा चढेर जन्ताकाे काम तथा सहकार्यमा सहभागी भएका देखिन्थे। बीरामि वाेक्ने अवस्थामा भाेलि सम्म बजारमा पठाउन सकिने वर्क सपले जनाएकाे छ। अमरगढी नगरक्षेत्रका जनता लाई सेवा दिनका लागि जनप्रतिनिधिले गरेकाे याे निर्णयकाे चाैतर्फि प्रशंसा भए पछि अन्य स्थानिय तहले समेत घाेषणा गर्ने क्रम बढेकाे छ।




























