२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

नेपाली महिला टोलीले नोभेम्बरमा टि-२० विश्वकप छनोट खेल्ने

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले  क्षेत्रीय छनोटको नयाँ मिति सार्वजनिक गरेको छ ।

आइसिसीले निकालेको नयाँ मितिअनुसार नेपालले खेल्ने एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म हुनेछ ।यसअघि यो छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि २६ सम्म हुने तय भएको थियो ।

यो छनोटमा नेपालसहित आयोजक मलेसिया, भुटान चीन, हङकङ, म्यानमार, कुवेत र युएई छन् । एसिया छनोटको विजेता टोली ग्लोबल छनोटमा पुग्नेछ । ग्लोबल छनोटमा अन्य पाँच क्षेत्रीय छनोटका विजेता टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ग्लोबल छनोटमा शीर्ष दुईमा रहने टोलीले टि-२० विश्वकप खेल्ने छन् । सन् २०२३ को महिला टि-२० विश्वकप दक्षिण अफ्रिकामा हुनेछ । फेब्रुअरी ९ देखि २६ सम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।