२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

बाजुराको जगन्नाथ गाउँपालिकामा विद्यालय सञ्चालन

बाजुराको जगन्नाथ गाउँपालिकाले साउन १५ गतेदेखि सञ्चालनमा ल्याएको छ । पठन पाठन नै सुचारु गर्ने गरी गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।गाउँ कार्यपालिकाले साउन १५ देखि नियमित पढाइ सञ्चालन गर्ने निर्णय गरेको थियो । साउन १५ सम्म भर्ना र पाठ्य पुस्तक वितरण कार्य सकिएको र १५ गतेबाट पढाइ सञ्चालन गरिएको हो । सामाजिक दुरी कायम गरी पठन पाठन सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् ।

आइसोलेशन र क्वारेन्टाइन बनाईएका विद्यालयलाई सेनिटाइज पछि र विद्यार्थी, शिक्षक अभिभावक तथा सरोकारवाला निकायसँगको सहकार्यपछि विद्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन् । साउन १५ देखि गाउँपालिका भित्र रहेका सम्पूर्ण १७ वटै विद्यालय सञ्चालन भएका छन् । जिल्लामा देखिएका ५ सय २० जना कोरोना पोजेटिभ मध्ये २ जना मात्र कोरोना संक्रमति भेटिएका थिए । जोखिम पनि कम रहेको र विद्यालय सञ्चालन गर्न पनि आवश्यक देखिएकोले पढाइ नै सञ्चालन गर्ने गरी विद्यालय खुलाएको गाउँपालिकाले बताएको छ ।

सरकारले भदौ १ गतेपछि मात्र भर्ना लिन निर्देशन जारी गरेको छ । तर बाजुराका स्थानिय तहले भने पठन पाठन शुरु गरिसकेका छन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।