२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

डेल्धुरामा निषेधाज्ञा जेठ ४ गते सम्म लम्बीयाे

डडेल्धुरा- जिल्लामा लागु भएको निषेधाज्ञा जेठ ४ गते सम्म लम्बीएको छ।जिल्लामा कोराना सङ्क्रमणको खतरा उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जेठ ४ गते सम्म थप निषेधाज्ञा जारी गरेको हो। बैशाख २५ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म थप निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।

खाद्य सामग्रीका पसलहरु बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने छ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, विवाह व्रतबन्ध तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।