२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

नेकपामा अहिलेको विवाद पदको लुछाचुँडी होइन : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको अहिलेको विवाद पदको लुछाचुँडीका लागि नभएको दाबी गरेका छन्।

तुल्सीलाल अमात्यको स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको प्रसङ्गतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

‘पार्टीमा उठेको अहिलेको बहस पद प्राप्तिका लागि हो कि भन्ने भ्रम पार्न खोजिएको छ’, प्रचण्डले भने, ‘यो नेतृत्वको छिनाझपटी विल्कुल होइन, पार्टीलाई कसरी अघि बढाउने भन्ने विचार र पद्दतिको बहस हो।’ आम नेपाली र कार्यकर्ताका मनमा पार्टी फुट्छ कि भन्ने प्रश्न उठेको भन्दै प्रचण्डले अहिलेको बहस पार्टी एकता कायम राख्दै सुदृढ बनाएर लैजानेतर्फ केन्द्रित भएकाले पार्टी कुनै हालतमा नफुट्ने बताए।

‘अहिलेको बहस र छलफलले पार्टीलाई अझ एकताबद्ध र सुदृढ गर्छ, टुटाउने फुटाउने प्रवृत्ति परास्त गरिनुपर्छ’ उनले भने, ‘तर एकता अक्षुण राख्ने नाममा विभिन्न गलत विचार, प्रवृत्ति र विषयको बहस ढाकछोप हुने हुनुहुँदैन।

तिनको फर्स्योट ठिक ढंगले गरिनुपर्छ।’ पार्टी भित्रको बहस स्वस्थ हुन नसक्दा सर्वत्र यसको नकारात्मक असर पर्नु स्वाभाविक भएको प्रचण्डको भनाई छ। ‘कम्युनिष्ट हुनुको नाताले हामी आपसमा इमान्दारी र पारदर्शीका साथ तीखो संघर्ष र बहस गर्छौं। तर, विरोधीहरुलाई लाग्छ कि यो पार्टी अब फुट्न लाग्यो।’

प्रचण्डले अगाडि थपे, ‘हामीलाई श्रमजीवी वर्गको भविष्यको चिन्ता छ, त्यसैले हामी जालझेल छलकपट गर्ने, चिल्ला शब्द प्रयोग गर्ने गर्दैनौँ, तर जनता लुट्ने कुरामा बुर्जुवाहरू सधैं एकमत हुन्छन् त्यसैले त्यहाँ विवाद भए पनि तीखो हुँदैन। लुट्ने कुरामा सबैको सहमति हुन्छ।’

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।