एजेन्सी। अफ्रिकी मुलुक मालीकी एक महिलाले एकै पटक नौ बच्चालाई जन्म दिएकी छन्।



२५ वर्षकी हलिमा नामकी ती महिलालाई बच्चा जन्माउन र राम्रो रेखदेखका लागि भन्दै माली सरकारले मार्च ३० मा मोरक्को पठाएको थियो।
सुरुमा तिनको पेटमा सात बच्चा रहेको अनुमान गरिएको थियो, तर उनले नौ बच्चालाई जन्म दिइन्। मालीको स्वास्थ्य मन्त्रालयले आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको बताएको छ।
Views: 219

























