धनगढी,२३ बैशख । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट बिहिबार ९८८ जना नेपाल भित्रिएका छन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट २९५ जना र गौरीफन्टाबाट ६९३ जना गरी ९८८ जना स्वदेश फर्किएका हुन ।



कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ ।
यस्तै बिहिबार नै दुवै नाकाबाट २ सय ५९ जना नेपालबाहिर गएका छन् । नै दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रशासनका अनुसार गड्डाचौकी नाकाबाट २९५ जना भित्रिएका मध्ये ७० जनाको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गौरीफन्टाबाट ६९३ जना स्वदेश फर्किएकोमा १०५ जनामा गरिएको एन्टीजेन परीक्षणा १२ जनामा संक्रमण देखिएको छ ।

























