डडेल्धुरा – डडेल्धुरामा गैरसरकारी संस्थाका रुपमा काम गर्दै आएको ग्रामिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले कोरोना भाईरसको दोस्रो भेरियन्ट सुरु भए संगै ज्वरो नाप्न, धड्कन वा स्वास प्रश्वास नाप्न प्रयोग हुने किट उपलब्ध गराईरहेको हो ।



गत बर्ष डडेल्धुरा अस्पतालका स्वास्थ्यकर्मी हरुलाई पि.पि.ई सेट लगाएत स्वास्थ्य शुरक्षा सामाग्री, पत्रकार तथा अन्य आवश्यक ब्यक्तीहरुका लागी बिभिन्न सहयोगहरु उपलब्ध गराएको संस्थाले अहिले आईसोलेसन किट उपलब्ध गराउन लागेको संस्थाका कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन ।
समुदायमा अहिलेको पहिलो प्राथमीक उद्देश्य भनेको कोभिड बाट बच्नु हो, तसर्थ आफुहरुले संस्थागत रुपमा नै समन्वय गर्ने समुह बनाएर बिपदबाट बच्न संकास्पद ब्यक्तीहरु सम्म पुग्ने गरि किट उपलब्ध गराउन लागेको खड्काले बताईन ।
संस्था संग अहिले करिब १५० थान किट मौज्दात रहेको छ । घरमै पनी अफ्नो शरिरको तामक्रम नाप्ने, अक्सीजनको मात्रा हेर्ने र आएको बिबरण चिकित्सक संग परामर्श गर्न सकिने गरि सहजहोस् भन्ने उद्देश्यले किट बितरण गरिएको संस्थाले जनाएको छ ।
अहिले अस्पतालहरुमा अक्सिजनको अभावका कारण धेरै संक्रमितको मृत्यु हुंदै आएकोमा संस्थाले अस्पतालहरु लाई अक्सिजन उपलब्ध गराउने प्रयास गरिरहेको निर्देशक खड्काले बताईन् ।
संस्थाले आईसोलेसन किट संगै सरसफाई सामाग्री समेत बितरण गरिरहेको छ, भने यस अघि करिब ३ सय सेट बितरण गरिसकेको छ ।
संस्थाले बितरण गरिरहेको किटको अहिलेको बजार मुल्य प्रति सेट ५ देखि ७ हजार मुल्य सम्म पर्न जान्छ । तर स्थानीय बजारमा भने यसको उपलब्धता छैन ।
डडेल्धुरामा सात स्थानिय तह रहेका छन् पछिल्लो समयमा सदरमुकाममा रहेकाे अमरगढि नगरपालिका बढि जाेखिममा रहेकाे देखिन्छ , डडेल्धुरा सदरमुकाममा भने लकडाउनु समेत गरिएकाे छ । रुडुक डडेल्धुराले पहिलाे चरणकाे लकडाउनुमा पनि विभिन्न सहयोग गरेकाे थियाे ।

























