२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कृष्णपुरका नेता ओझा सामाजिक कार्यमा निकै सक्रिय

यतिबेला कञ्चनपुरको कृष्णपुरका हेमराज ओझा सामाजिक कार्यमा निकै सक्रिय छन् । नेपाली काग्रेंसका महासमिति सदस्य ओझा कोरोना महामारीमा निकै खटिएका छन् । पहिलो चरणको कोरोना त्रासका बेला धनगढीको त्रिनगर नाकाबाट नेपालीको उद्धार देखी खाना, खाजा खुवाउने काममा ओझा निकै सक्रिय थिए । नाकामा पुगेर अलपत्र परेका नेपालीहरुलाई ओझाले उद्धार गरे । नाकामा नेपालीको उद्धार संगै ओझा दीर्घ रोगीहरुका लागी औषधी बोकेर घरदैलोमा पुगे । यति मात्रै होइन कोरोना भाइरश सम्बन्धि जनचेतना फैलाउँदै उनि गाउँ गाउँमा डुले । र आफ्नो खटाइबाट पहिलो चरणको कोरोनाले भयाभह अवस्था आउनबाट रोक्न सफल भएको ओझाले बताएका थिए ।

उनि गत स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेंसबाट कृष्णपुर नगरपालिकाको मेयरका उम्मेदवार थिए । तर झिनो मतले पराजित भएका ओझा अहिले निर्वाचित मेयरभन्दा दोब्बर बढी सामाजिक काममा खटिएका छन् । धनगढीको इम्रल्ड स्कुलका सञ्चालक समेत रहेका ओझा अहिले स्कुलकै सानो भ्यान लिएर अक्सिजन ग्यास बिरामीकहाँ पुगाउनमा ब्यस्त छन् । ग्यास सिलिण्डर गाडीमा राखेर उनि अहिले ग्यास अभावमा छटपटिरहेका बिरामीकहाँ पुग्छन् । मंगलबार नोभा अस्पतालका बिरामीहरुलाइ अक्सिजन ग्यास दिएका ओझाले आज निमेस अस्पताल कृष्णपुर गुलरियाका २ बिरामीहरुलाइपनि अक्सिजन ग्यास उपलब्ध गराएका छन् । आज मात्रै कैलाली अस्पतालमा अक्सिजन अभावले छटपटिरहेका बिरामीलाई उनले अक्सिजन दिए । र यहाँबाट काठमाण्डौँ रेफर गरेका बिरामीलाइपनि उनले अक्सिजन सिलिण्डर दिए । ओझा अहिलेपनि आफ्नो गाउँ पुगेका छन् । गाउँको अस्पतालको अवस्था बारे बुझेर ओझा अक्सिजन ग्यास सिलिन्डर दिने बताउँछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।