कञ्चनपुर – जिल्लाको महाकाली अस्पतालवाट एकै दिन एक सय १९ जना कोरोना जितेर घर फर्किएका छन्।



अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार बुधबार अहिले सम्मकै सबै भन्दा बढी एकै दिन एक सय १९ जना कोरोना जितेर घर फर्किएका हुन् ।
यो संगै महाकाली अस्पताल भर्ना भई निको भएर घर फर्कनेको संख्या १ हजार नौ सय ५२ पुगेको उनले बताए । बुधवार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महाकाली अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार कसैको मृत्यु भएन ।
कञ्चनपुरमा हालसम्म सक्रिय संक्रमित संख्या ४ सय ९५ रहेको छ भने, कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ छ रहेको छ ।
Views: 164

























