दिपक राज भट्ट ( डडेल्धुरा ) – अक्सिजन खरिदका लागि मेराे रु १०००(रु एक हजार ) अभियान महेन्द्रनगर बाट चालू गरेकाे तीन दिनमै रु १५०००० ( एक लाख पचास हजार ) संकलन भएकाे अभियानका संयाेजक करन पालले जानकारि दिनु भयाे । अभियानमा देश विदेशमा रहेका देशप्रेमि , कलाकार, युवाहरुकाे सहभागिता रहेकाे छ ।
अहिले कोभीडको दोश्रो भेरियंट फैलिए संगै बिरामीको चाप बढेर अस्पतालमा अक्सिजनको कमिले मान्छेले आफ्नो ज्यान अकालमै गुमाउनु परेकोले हामी सबै को सहयोग अत्यन्तै जरुरी देखीएको छ।



यो गार्हो समय मा सबैको सहयोग को अपेक्ष्या गर्दछौ.। हाम्रो सानो सहयोग ले कसैको ज्यान बचाऊन सकौ ,महाकाली अस्पतालमा कोवीड को बिरामी लाइ अक्सिजन को कमि नहोस भनी थालिएको अभियान मा सम्पूर्ण समाजसेवी पाइला जोडिएको मा ख़ुशी छौ, अभियानका साथी हरु बताउनु हुन्छ।
यो अभियान सम्पूर्ण नेपाल र नेपाली मन लाइ माया गर्नुहुनेका लागि थालिएको हो र सबैको प्रत्यक्ष संग्लग्नता गराउने ध्येयले सुरु गरिएको यो अभियान आज जन जन को जिब्रोमा झुन्डिएको छ ।
फेसबुक बाट सुरु गरिएको यो अभियान आज सबै सम्म पुग्नुमा सबै शुभचिंतक को अहम् भूमिका रहेको छ। यो अभियान लाइ पारदर्शिता बनाउन का लागि कामना सेवा बिकास बैंक मा संयुक्त खाता , इ सेवा नयाँ रजिस्टर र वेबसाइट मा प्रत्येक दिन राखिएको छ। वेबसाइट लिंक तल राखिएको छ। www.mnryp

























