२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

भारतमा फेरि बढे संक्रमित, एकै दिन ३७ सयको मृत्यु

नयाँदिल्ली,२२ बैशाख । भारतमा फेरि कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या भने लगातार बढिरहेको छ।

दुई दिन लगातार घटेको संक्रमितको संख्या आज फेरि बढेको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८२ हजार ६९१ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमित हुनेको संख्या दुई करोड ६ लाख ५८ हजार २३४ पुगेको छ।

दुई दिन अघि चार लाख नाघेको नयाँ संक्रमितको संख्या मंगलबार तीन लाख ५५ हजार ८२८ मा झरेको थियो। त्यस्तै, सोमबार तीन लाख ७० हजार ५९ संक्रमित थपिएका थिए।

त्यस्तै, सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६३५ पुगेको छ। जसले गर्दा अस्पताल भरिएका छन् भने उपचार नपाएर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा तीन हजार ७८७ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या दुई लाख २६ हजार १६९ पुगेको छ।

मंगलबार तीन हजार ४३८ जनाको मृत्यु भएको थियो। त्यस्तै, सोमबार तीन हजार ४२२ जनाले ज्यान गुमाउनु परेको थियो।

अहिले दैनिक थपिने संक्रमितको संख्या र मृत्यु हुनेको संख्या भारतमा सबैभनदा बढी रहेको छ। भारतमा पछि ब्राजिलमा ६९ हजार ३७८ संक्रमित थपिएका छन्। अन्य देशमा त्योभन्दा पनि कम छन्।

त्यस्तै, मृत्यु हुनेको संख्या पनि अन्य देशको तुलनामा अत्यधिक छ। भारतपछि ब्राजिलमा तीन हजार २५ जनाले ज्यान गुमाएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।